४ खर्ब ७१ अर्ब ६४ करोड रुपैया तरलता प्रशोचन

Post Date : June 1, 2016 | 12:05 pm

काठमाडौं, १९ जेठ । नेपाल राष्ट्र बैंकले आ.व. २०७२/७३ को चैत मसान्तसम्ममा ४ खर्ब ७१ अर्ब ६४ करोड रुपैया तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले पटक पटक बोलकबोल मार्फत २ खर्ब ९७ अर्ब ५० करोड रुपैया रिभर्स रिपो मार्फत १ खर्ब ६५ अर्ब ४ करोड रुपैया तथा सोझै बिक्री बोलकबोल मार्फत ९ अर्ब १० करोड रुपैया तरलता प्रशोचन गरेको छ ।

त्यस्तै २०७२ चैत मसान्तसम्मा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट ३ अर्ब ३० करोड अमेरिकी डलर अर्थात ३ खर्ब ४९ अर्ब ६६ करोड रुपैया बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको समीक्षा अवधीमा २ अर्ब ५४ करोड अमेरिकी डलर अर्थात २ खर्ब ४४ अर्ब ५२ करोड रुपैया खुद तरलता प्रवाह राष्ट्र बैंकले गरेको थियो ।

राष्ट्र बैंकले सोही अवधीमा २ अर्ब ४८ करोड अमेरिकी डलर र ६ करोड यूरो विक्रीबाट आएको २ खर्ब ६८ अर्ब ३९ करोड नेपाली रुपैया बराबरको भारतीय रुपैया खरिद गरेको थियो । अघिल्लो वर्षको सोही अवधीमा २ अर्ब ६६ करोड अमेरिकी डलर विक्रीबाट प्राप्त २ खर्ब ६२ अर्ब ५५ करोड रुपैया बराबरको भारतीय रुपैया खरिद गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *