अाइएमईले ल्यायो हात खाली नहुने योजना

Post Date : September 20, 2016 | 2:08 pm

काठमाडौं, ४ असोज । रेमिट्यान्स सेवा प्रदायक कम्पनी अाइएमईले विजयादशमीलाई लक्षित गर्दै ‘अइएमई हात हुँदैन खाली’ सार्वजनिक गरेको छ । यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागू यस योजनामा नेपालमा १४७ अइएमई सेन्टरसहित ५ हजार २ सय भन्दा बढी रेमिट्यान्स भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरी फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्ने अइएमईले जनाएको छ ।

यो योजनामा दैनिक लक्की ड्रमा विजयी हुने दश जनालाई जनही २ वटाका दरले ३ सय चन्द्रागिरी केवलकारको टिकट उपलब्ध गराउने र साप्ताहिक लक्की ड्रमा विजयी हुनेलाई युएम स्कुटर उपहार स्वरुप दिईने अइएमईले जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *