अख्तियारद्वारा ५९ जना उच्च पदस्थ कर्मचारीलाई उन्मुक्ति

Post Date : May 17, 2016 | 11:46 am

काठमाडाैं, ४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ती आर्जन गरेको आरोप लागेका बहालवाला तथा अवकाश प्राप्त ५९ जना उच्च पदस्थ कर्मचारीलाई उन्मुक्ति दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उन्मुक्ति पाउनेहरूमा मन्त्रालय, विभाग, प्रहरी, नेपाल राष्ट्र बैंक, संस्थान, राजनैतिक दलका नेता आदि छन् । कार्यकर्ता लगायत करिब ५०० जना विरुद्ध अकुत सम्पत्ती कमाएको अभियोगमा अनुसन्धान जारी छ । र छानविनमा रहेका २०० भन्दा बढी आरोपितको बैंक खाता र लकर सेवा पनि बन्द गरेको छ ।

अख्तियारले भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव अर्जुन कुमार कार्की, नेपाल प्रहरीका एआइजीद्वय प्रतापसिंह थापा र रमेशशेखर बज्राचार्य तथा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटको फाइल तामेलीमा राखेको छ ।
यसै गरी नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, कार्यकारी निर्देशक मनमोहन कुमार श्रेष्ठ, उर्जा मन्त्रालयका सहसचिव मोती बहादुर कुँवर, नेपाल मेडिकल काउन्सिलका तत्कालीन उपाध्यक्ष डा. शशी शर्मा, नेपाल प्रहरीका उपरीक्षक गोपीमान श्रेष्ठ तथा पूर्व एआइजी कल्याण तिमिल्सिना विरुद्धको अभियोगमा पनि छानविन बन्द भएको छ ।

फाइल तामेलीमा राखिएका अधिकांशले सेवामा रहँदा आर्जन गरेको सम्पत्ती भन्दा खर्च कम देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आगामी दिनमा कुनै थप प्रमाण भेटिए छानवीन÷अनुसन्धान हुने अख्तियारको वार्षिक प्रतिवेदन २०७१/७२ मा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *