अण्डामा आत्मनिर्भर घोषणाको तयारी

Post Date : October 20, 2016 | 1:17 pm

काठमाडौँ, ४ कात्तिक । पशुपन्छी विकास मन्त्रालयले मुलुक अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समयमा देशका विभिन्न ६२ जिल्लामा एक अर्ब २० करोड अण्डा वार्षिक उत्पादन भएको छ । सो सङ्ख्या स्थानीय कुखुराबाट उत्पादन हुने अण्डा बाहेकको सङ्ख्या हो ।

राष्ट्रिय जनगणनाबाट प्राप्त भएको तथ्याङ्क तथा ती जिल्लामा गरिएको सर्भेक्षणको प्रतिवेदनको अध्ययन चाँडै गरिनेछ । त्यसको अध्ययनपछि घोषणा गरिने तयारी भएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सरदर प्रतिव्यक्ति प्रतिवर्ष ४८ गोटा अण्डा खाने अवस्थामा पुगेपछि आत्मनिर्भरका लागि मापदण्ड पूरा हुनेछ । त्यसमा कति मानिस साकाहारी भई अण्डा नखाने तथा केहीले मापदण्डभन्दा बढी खान सक्ने हुन्छन् । त्यो गणना औसतमा निकालिन्छ । चितवन जिल्ला कुखुराको अण्डा तथा मासु उत्पादनमा अग्रणी मानिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *