अनलाइन सम्बन्धमा कार्यदल गठित

Post Date : June 21, 2016 | 5:36 pm

काठमाडौँ, ७ असार । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाझिएको भन्दै आज महासङ्घले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गरेलगत्तै मन्त्री राईले सो कार्यदल गठन गर्नुभएको हो ।

मन्त्री राईले संविधानको भावना र प्रेस स्वतन्त्रताको मर्म विपरीत सरकारले कुनै निर्णय लिने कुरा सोच्न नसकिने बताउँदै सम्बन्धित क्षेत्रको रायका आधारमा दुई दिनभित्र परिमार्जन गरेर निर्देशिका कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान विपरीत सञ्चारसम्बन्धी कुनै निर्देशिका नल्याउन तथा अनलाइन मिडियालाई स्वनियम गराउन आग्रह गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *