अन्तर्राष्ट्रिय ‘ट्राभल ब्लगर्स एन्ड मिडिया’ सम्मेलन

Post Date : June 1, 2017 | 5:01 pm

काठमाडौँ, १८ जेठ । नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स’ आयोजना गरियो ।

‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूलनाराका साथ आयोजित उक्त सम्मेलनमा ३३ देशका १०७ ब्लगर्स, ७० जना पर्यटनसँग सम्बन्धित विज्ञ र विभिन्न मुलुकका एक सय भन्दा बढी पत्रकारको सहभागिता थियो ।

बूढानीलकण्ठमा आयोजित पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो यो अन्तर्राष्ट्रिय सम्मेलनमा एक अर्का देशका पर्यटकीय उत्पादन, डिजिटल मिडियाको प्रयोग तथा यो क्षेत्रमा भएका नयाँ प्रयोग र ज्ञान एवम् अनुभवको आदान–प्रदान गरिएको थियो ।

सम्मेलनमा विभिन्न मुलुकबाट आएका विज्ञहरुले पर्यटन बजार, यसका उत्पादन र प्रवद्र्धनका नयाँ उपायबारे जानकारी गराएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर कार्यकारी आयोजक रहेको सो सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब ५०० को सहभागिता थियो ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापाले पर्यटनमा नयाँ सोच र दीर्घकालीन उद्देश्यका साथ आयोजित सम्मेलनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक रुपमा अथाह सम्भावना बोकेको नेपाली पर्यटन बजारले अपेक्षित लाभ लिन नसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रियस्तरका प्रवद्र्धनात्मक कार्यक्रमबाट नेपाली पर्यटन क्षेत्रले प्रशस्त लाभ लिने उहाँले बताउनुभयो ।

मन्त्री थापाले पछिल्लो समय व्यावसायिक उद्योगका रुपमा विकास भइरहेको पर्यटनलाई सरकार र निजी क्षेत्रले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाली पर्यटन बजारको सम्भावनाबारे व्याख्या गर्दै विश्व पर्यटन क्षेत्रमा नयाँ सन्देश प्रवाह गर्न सम्मेलन उपयोगी हुने बताउनुभयो ।

पाटाका सिइओ मारियो हार्डीले हिमालयको देश नेपालको प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई उजागर गरी विश्य पर्यटनमा नयाँ ‘प्रोडक्ट’ प्रवद्र्धन गर्न सम्मेलन सान्दर्भिक हुने धारणा व्यक्त गर्नुभयो ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले समय र प्रविधिको मागसँगै नेपालको पर्यटनलाई डिजिटल मिडियामार्फत संसारभर सहज रुपमा पु¥याउन सकियोस् भन्ने ध्येयका साथ आयोजित यो कार्यक्रमले नेपालको पर्यटन उद्योगलाई विश्व बजारमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा स्वास्थ्यमन्त्री थापाले हिमालय ट्राभल पत्रिकाको विशेष अङ्कको विमोचन पनि गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *