अप्पर बलेफी ‘ए’ जलविद्युतमा पाँच बैंकले लगानी गर्ने

Post Date : November 13, 2016 | 7:48 pm

काठमाडौँ, २८ कात्तिक । ग्लोबल आइएमई बैंकको अगुवाईमा अन्य ४ वटा कैंक र हुआनिङ डेभलपमेन्ट प्रा.लि. बीच ३६ मेगावबाटको अपर बलेफी ए जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण ऋण सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, एसविआई बैंक र एनआइसी डेभलपमेन्ट बैंकले उक्त आयोजनाका लागि ४ अर्ब ३५ करोड रुपैया ऋण प्रदान गर्नेछन् । आयोजनाको कुल लागत ६ अर्ब ८ करोड रुपैया लाग्ने अनुमान गरेको छ ।

काठमाडौँबाट ९५ कि.मि. टाढा सिन्धुपाल्चोक जिल्लाको गोल्थे र गुम्बा गाविसमा अवस्थित उक्त आयोजना २०७५ साल माघसम्म निर्माण सम्पन्न गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *