अमेरिकाद्वारा क्युवामा ५० वर्षपछि राजदूत नियुक्त

Post Date : September 29, 2016 | 9:55 am

वासिङ्टन (अमेरिका), १२ असोज । अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाउनुभएको छ ।

जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने ओवामाको विश्वास छ । राजदूतको नियुक्तिपछि पूर्वप्रतिद्वन्द्वी अमेरिका र क्युवावीचको सम्वन्धमा सुधारआई सामान्य अवस्थामा पुग्ने उहाँको अपेक्षा छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा राष्ट्रपति ओवामाले जेफ्रिलाई कुटनीतिक क्षेत्रमा राम्रो दख्खल भएका अनुभवी व्यक्तित्वका रुपमा प्रशंसा गर्नुभएको छ ।

झन्डै पाँच दशकदेखिको दुई पक्षीय द्वन्द्व अन्त्य गर्दै गत सन् २०१५ को जुलाइमा अमेरिका र क्युवावीचको कुटनीतिक सम्वन्ध पुनःआरम्भ गरिएको थियो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *