अमेरिका जान पर्यटक र विद्यार्थीलाई सहज हुने

Post Date : May 18, 2016 | 8:24 am

अमेरिका जाने पर्यटक र अध्ययन गर्न जाने विद्यार्थीलाई सहज हुने भएको छ । अमेरिकाले यही जेठ १९ गतेबाट लागू हुने गरी विद्यार्थी तथा पर्यटक भिसाको लागि आवेदन दिन बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणापत्र लगायत अन्य कागजात पेश गर्नु नपर्ने गरेको छ । नयाँ नियम अनुसार पर्यटक र विद्यार्थी भिसा आवेदन दिनेले राहदानी, पुरानो राहदानी, डिएस–१६० कन्फर्मेसन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो, आई–२० (विद्यार्थी भिसा आवेदकका लागि) र ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदनका लागि) मात्र लानु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *