अमेरिका र क्यानडासँग गरिन लागेको व्यापार सम्झौताविरुद्ध जर्मनीमा विरोध

Post Date : September 18, 2016 | 8:06 am

बर्लिन (जर्मनी), १ असोज । जर्मनीका विभिन्न सहरहरुमा युरोपियन युनियन, संयुक्त राज्य अमेरिका र क्यानडाबीच गरिन लागेको व्यापार सम्झौताको विरोधमा शनिबार हजारौँ जर्मनले प्रदर्शन गरेका छन् ।

सम्झौता विरोधी युरोपेलीहरुले अमेरिका तथा युरोपियन युनियन (इयु) बीच ट्रान्स एटलान्टिक टे«ेड र लगानी सहकार्यका लागि पहल गरिएको (टिटिआइपी) व्यापार सम्झौताले युरोपको वातावरण मापदण्ड तथा उपभोक्ता हितलाई उपेक्षा गर्ने भन्दै यसको विरोधमा जर्मनीमा प्रदर्शन भएको छ ।

सम्झौता गर्नहुन्न भन्ने पक्ष र जर्मन नागरिकहरु जर्मनीको बर्लिन, ह्यामवर्ग, कोलोग्नी, फ्राङ्कफर्टलगायतका सहरमा जम्मा भई शनिबार प्रदर्शन गरेका हुन् ।

जर्मन वित्त मन्त्रीले विवादका कारण गत महिना टिटिआइपी वार्ता तत्कालका लागि स्थगित भएको बताएपछि हौसिएका जर्मनहरुले व्यापार सम्झौताका विषयमा थप संशोधन नगरिएसम्म वार्ता प्रक्रियालाई अगाडि बढाउन नहुने बताएका थिए । तर यसबारे अन्य अधिकारीले पुष्टि भने गरेका छैनन् ।

जर्मन वित्तमन्त्रीको यो दाबीलाई वासिङ्टन तथा बलिका अधिकारीले अस्वीकार गरेका थिए । तर क्यानडासँग हुन लागेको टिटिआइपी सम्झौतामा प्रगति भएको बताइए पनि फ्रान्स, जर्मनी र अस्ट्रियाको विलम्बका कारण सम्झौता हुन भने सकेको छैन ।

सम्झौता पक्षधर इयु नेताहरुले टिटिआइपी सम्झौताले विश्व आर्थिक विकासमा बढवा दिने बताउँदै आएका छन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *