अरनिको डेभलपमेन्ट बैंकको कर्मचारी तालिम

Post Date : November 15, 2016 | 2:26 pm

काठमाडौँ, ३० कात्तिक । धुलिखेलमा प्रधान कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकले सम्पूर्ण कर्मचारीको आन्तरिक क्षमता अभिवृद्धिका लागि २ दिने तालिम सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलको प्रमुख आतिथ्यमा आयोजना भएको तालिममा मदन विष्ट र बिएन घर्ति लगायतले तालिम दिनु भएको बैंकले जनाएको छ ।

बैंकको हाल चुक्ता पूँजी २५ करोड ७८ लाख रुपैया, निक्षेप संकलन २ अर्ब ९ करोड रुपैया रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *