अरनिको डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस शेयर दिने

Post Date : September 21, 2016 | 8:44 am

काठमाडौं, ५ असोज । अरनिको डेभलपमेन्ट बैंक, संचालक समितिको बैठकले १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बैंकले आ.व. २०७२/७३ को खुद मुनाफा ५ करोड ८४ लाख रुपैया मध्येबाट उक्त बोनस शेयर वितरण गर्न लागेको हो । बैंकले गत आ.व. अवधिमा २ अर्ब १ करोड २८ लाख निक्षेप संकलन र १ अर्ब ७६ करोड ५१ लाख रुपैया कर्जा लगानी गरेको थियो । बैंकको गत आ.व.मा २५ करोड ७८ लाख रुपैया चुक्ता पूँजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *