अरुण काबेलीमा ४१ गुणा बढी आवेदन

Post Date : November 4, 2016 | 11:27 am

काठमाडौँ, १९ कात्तिक । अरुण काबेली लिमिटेडले प्रति कित्ता रु.१००/– अंकित दरका ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाको साधारण शेयर माग गरेकोमा ४१ गुणा बढी अर्थात १२ अर्ब ५० करोड रुपैयाभन्दा बढीको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

यो आइपिओ बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैया पुग्नेछ । ४ अर्ब रुपैया खर्च गरेर पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेली खोलाबाट २५ मेगावाटको विद्युत आयोजना आर्थिक वर्ष २०७३/७४ सम्म सम्पन्न हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *