अरुण कावेली पावरको शेयर बाँडफाँड

Post Date : December 22, 2016 | 1:28 pm

काठमाडौँ, ७ पुस । अरुण कावेली पावर लिमिटेडले सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको रु. १००। अंकित दरका ३० लाख कित्ता सेयर बाँडफाँड भएको छ ।

१ लाख ६५ हजार ८ सय आवेदकबाट १२ करोड ५३ लाख ८१ हजार १ सय १५ कित्ता सेयरका आवेदन परेको थियो ।

साना लगानीकर्ता समूहबाट ११ लाख ४ हजार १ सय ४ कित्ता र अन्य लगानीकर्ता समूहबाट १६ लाख ५५ हजार ८ सय ९६ कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

सामूहिक लगानी कोषमा छुट्याइएको १ लाख ५० हजार कित्ता शेयर र कर्मचारीलाई छुट्याइएको ९० हजार कित्ता सेयर समेत बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *