अर्जेन्टिनी सुन्दरीसँग नाचे अमेरिकी राष्ट्रपति ओबामा

Post Date : March 25, 2016 | 10:30 am

चैत्र ११, २०७२- दक्षिण अमेरिकाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बराक ओबामाले अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्रीले उनको सम्मानमा दिएको रात्री भोजमा ट्यांगो डान्स गरेका छन् ।

युरोपको राजधानी ब्रसेल्समा भएको आक्रमण पश्चात अमेरिका फर्कन उनलाई निकै दबाब रहेपनि बुधबार रातीको रात्रीभोजमा उनी एक युवतीसँग नाचेका थिए । उनकाे पत्नी मिचेल ओबामा पनि  सरिक भएर अर्काे डान्सरसँग नाचेकी थिइन् ।

ब्रसेल्स जलिरहेकोबेला उनी नाचे भनेर ओबामाको आलोचना पनि भइरहेको छ ।

तस्बिरहरू : एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *