अर्थ मन्त्रालद्वारा राष्ट्र बैंकलाई प्रतिबन्धित भा.रु. ४ हजार ५ सयसम्म साट्न निर्देशन

Post Date : April 12, 2017 | 5:05 pm

काठमाडौँ, ३० चैत । अर्थ मन्त्रालयले प्रतिबन्धित १ हजार र ५ सय दरका ४ हजार ५ सय भारतीय रुपैयाँ प्रतिव्यक्ति साट्ने स्वीकृति प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

केही साताअघि भारतीय रिजर्ब बैंकका कार्यकारी निर्देशक दीपाली पन्त जोशीको नेतृत्वमा आएको टोली र नेपाल राष्ट्र बैंकका अधिकारीबीच भएको १ हजार र ५ सय दरका प्रतिबन्धित भारतीय रुपैयाँ सटहीका विषयमा छलफल भएको थियो सोही छलफलपछि भारतीय पक्षले प्रतिव्यक्ति साढे ४ हजार भन्दा बढी भारु साट्न नसकिने बताएका थिए । नेपाली पक्षले भने २५ हजार भा.रु. नै साटिनु पर्ने अडान राखेका थिए । नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति नेपालीबाट ४ हजार ५ सय प्रतिबन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव भारतीय रिजर्ब बैंकसमक्ष लिखित पत्र पठाउने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०७३ कार्तिक २४ गते राति १० बजे टेलिभिजनबाट सम्बोधन गर्दै राति १२ बजेदेखि १ हजार र ५ सय दरका नोट नचल्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *