अल्पाइन डेभलपमेन्ट बैंकको शाखा स्थानान्तरण

Post Date : June 23, 2017 | 3:04 pm

हेटौंडा, ९ असार । अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो मुख्य शाखा कार्यालय, हेटौंडा, मेनरोडबाट सामना मल हेटौंडामा स्थानान्तरण गरेको छ । बैंकका अध्यक्ष सुदर्शनप्रसाद अधिकारी, पूर्व अध्यक्षहरू नवराज राउत र मोहना लोहनीले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नु भएको थियो ।

बैंकको हाल चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । बैंकले हालै ३ बराबर २.०८ को अनुपातमा हकप्रद शेयर जारी गरेको छ । उक्त हकप्रद शेयर जारी पछि अल्पाइन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ४छ करोड रुपैयाँ पुग्ने जनाइएको छ । बैंकले आफ्ना १५ वटा शाखा र २ वटा एक्सटेन्सन काउण्टरबाट सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *