अल्पाईन डेभलपमेन्ट बैंकले १४.५ प्रतिशत बोनस शेयर दिने

Post Date : November 28, 2016 | 2:16 pm

काठमाडौँ, १३ मङ्सिर । अल्पाईन डेभलपमेन्ट बैंकले शेयरधनीलाई १४.५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । बैठकले बोनस शेयरका साथ कर प्रयोजनको लागि १७ लाख ३३ हजार ४ सय ३७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारण सभाबाट उक्त बोनस शेयर दिने प्रस्ताव पारित भएमा कार्यान्वयनमा आउने छ ।

बैंकको हाल चुक्ता पूँजी २१ करोड ९७ लाख ३२ हजार रुपैयाँ छ भने जगेडा कोषमा १० करोड २० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *