अवैध मेनपावर सञ्चालक पक्राउ

Post Date : October 3, 2016 | 5:27 pm

इटहरी, १७ असोज । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएको छ भन्ने सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि तत्काल त्यहाँ रहेका चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा ३१ वर्षीय प्रमोद साह, २२ वर्षीया सिर्जना मगर, २८ वर्षीय कृष्ण चौधरी र ४५ वर्षीय मानबहादुर रिजाल रहेको पनि प्रहरीले जानकारी दिँदै सबैलाई इप्रका, इटहरीको हिरासतमा लिई आवश्यक थप अनुसन्धान भइरहेको बताइएको छ ।

बरामद भएका राहदानी बाहकलाई बोलाएर उनीसँग सोधपुछ र मेनपावर कम्पनी सञ्चालकबीच भएका कुराकानीलगायतका विषयमा पनि अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *