अष्ट्रिच पालनतर्फ युवाको आकर्षण

Post Date : June 26, 2016 | 2:05 pm

दमक (झापा), १२ असार । पछिल्लो समय झापामा अष्ट्रिच पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

जिल्लामा पछिल्लो समय तीनवटा अष्ट्रिच फर्म खुलेका छन् । ती तीनवटा फर्ममध्ये धरमपुर– ७ चर्चाबारीको अष्ट्रिच फर्म जिल्लाकै ठूलो फर्म हो । स्थानीय कृष्णप्रसाद रिजालले फर्म खोलेर व्यवसाय सुरु गर्नुभएको हो । उहाँले रु एक करोडको लागतमा बुटवलबाट अष्ट्रिचका ५० वटा चल्ला ल्याएर फर्म खोल्नुभएको हो ।

चार बिगाहा दुई कठ्ठा जग्गामा पाथीभरा अष्ट्रिच कृषि फर्म खोलेर अहिले ५० वटा अष्ट्रिच पालिएको छ । “नयाँ व्यवसाय गर्न मन लाग्यो, अष्ट्रिच पालनमा हात हाले,” उहाँले भन्नुभयो । जिल्लाको झिलझिलेमा पेट्रोलपम्प सञ्चालन गर्दे आउनुनभएका रिजालले कृषिमा केही गर्ने सोचका साथ सो फर्मको स्थापना गर्नुभएको हो ।

“अष्ट्रिचको मासु कसरी खपत गर्ने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो । अष्ट्रिच पाल्न बुटवलबाटै घाँस ल्याएको उहाँ बताउनुहुन्छ । फर्म सञ्चालक दीपेश रिजालले अष्ट्रिच पालन अन्य कृषि पेसा भन्दा छुट्टै व्यवसाय भएकाले यसको व्यावसायिक विकासमा राज्यले सहयोग पु¥याउनुपर्ने बताउनुहुन्छ ।

“केही गर्छु भन्ने उत्साहित युवालाई सरकारले सहुलियतमा ऋण उपलव्ध गराउनुपर्छ,” उहाँले भन्नुभयो । फर्ममा अहिले दुईजना कर्मचारी कार्यरत छन् । अष्ट्रिचलाई खुवाउने दाना र घाँस बनाउने सबै मेसिन फर्ममै छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *