अस्ट्रेलियाको जैतुन तेल नेपाली बजारमा

Post Date : June 4, 2016 | 6:21 am

काठमाडौँ, २१ जेठ । अस्ट्रेलियाको ओलिभ आयल ब्रान्डको कम्पनी कोब्राम इस्टेटको जैतुन तेल नेपाली बजारमा आएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता रहेको फ्रेस फुड ट्रेडर्स कम्पनीले सो तेल पहिलो पटक नेपाली बजारमा भित्र्याएको हो । कोब्राम इस्टेट ओलिभ तेल दक्षिण एसियामै पहिलो पटक नेपालबाट बिक्री वितरण सुरु गर्न थालिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले विश्वकै गुणस्तरीय जैतुन तेलको नेपाली बजारमा राम्रो सम्भावना रहेकाले यसको प्रवद्र्धन तथा साझेदारीका साथ उत्पादन गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

विदेशी ब्रान्डको बहुउपयोगी तेलको नेपालमा राम्रो बजार भएकाले पहिलो पटक बिक्री वितरण सुरु गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक सुनिल शाहले जानकारी दिनुभयो ।

जैतुन तेल विशेषगरी खाना पकाउन र शरीरमा लगाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । स्वास्थ्यको दृष्टिले जैतुन तेल निकै लाभदायी मानिन्छ । खानका लागि यो तेल प्रयोग गर्नाले विभिन्न अर्बुद रोग हुन नदिने, मुटुको रोग कम गर्ने, मोटोपना घटाउने, मधुमेह न्यूनीकरण गर्ने र उच्च रक्तचाप घटाउने लगायत स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्ने कम्पनीको जिकिर छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *