अायोजक फ्रान्स युरोकप २०१६ को क्वाटरफाइनफमा प्रवेश

Post Date : June 26, 2016 | 9:18 pm

फ्रान्स, १२ असार । आयोजक फ्रान्स युरोकप २०१६ को क्वाटर फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई एकका विरुद्ध दुई गोल गर्दै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित राख्न सफल भए । फ्रान्सले गरेका दुवै गोल जर्सी नम्बर ७ का एन्टोइन ग्रिजम्यानले ५७औं र ६१औं मिनेटमा गरेको थियो ।

607758111_LB_9775_9A6F4C2FD7745AC0F563FBF8BA1C5A0A_3468

खेल सुरु भएको दोस्रो मिनेटमै फ्रान्सका जर्सी नम्बर १५ का पउल पोग्बाले आफ्नो डी एरियमा फउल गर्न पुगे र रिपब्लिक अफ आयरल्याण्डले पेनाल्टी पाए । आयरल्याण्डका रोबी ब्राडीले पेनाल्टी मार्फत गोल गरेको थियो । खेलको पहिलो हाफ उत्तरी आयरल्याण्डको एक गोलको अग्रतासँगै समाप्त भएको थियो ।

607758111_LG_9545_AE73E885EDA2ABD4C3D961590CE30F9F_3468

दोस्रो हाफको ५७औं मिनेटमा फ्रान्सले पाएको कर्नर किकमा फ्रान्सका ग्रिजम्यानले हेड मार्फत गोलमा परिणत गरे । त्यस्तै ६१औं मिनेटमा फ्रान्सका गिरौडले दिएको पासलाई ग्रिजम्यानले दाहिने च्यापेर हानेको सट गोल हुन पुगेको थियो । फ्रान्सले २–० को अग्रतासँगै निकै आक्रामक खेल प्रस्तुत गर्दै धेरै बलहरू आयरल्याण्डको गोलपोष्टमा प्रहार गरे, तर गोल भने गर्न सकेन ।

607758111_LG_9747_9D83E6F80634C6202134A3BD774722EF_3468

607758111_LG_3835_CECC4DE562E7CDECC715C28B426BB685_3468

खेलको ६६औं मिनेटमा आयरल्याण्डका सेन डफीले आफ्नो डी एरियाभन्दा बाहिर फउल गर्न पुगे र रेफ्रीले उनलाई रातो कार्ड देखाएकोले खेलबाट बाहिरिनु परयो ।

607758111_LG_9799_77C04DD9EE4A43542B842374A3D56730_3468

खेलको पहिलो हाफमा १–० ले पछि परेको आयोजक फ्रान्स दोस्रो हाफमा २–१ को जित हासिल गरी युरोकप २०१६ को क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *