अोरालो लागेको शेयरबजारमा अत्यधिक सुधार, सबै समूह उकालो तर्फ

Post Date : July 14, 2016 | 5:24 pm

काठमाडाैं, ३० असार । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २७.७२ अंकले बढेर १७१८.१५ बिन्दुमा पुगेको छ । कुल ६११९ कारोवारबाट २५ लाख ४० हजार ६५८ कित्ता शेयर किनबेच भई १ अर्ब ४६ करोड ७८ लाख ५३ हजार ८६३ रुपैयाको कारोवार भएको छ । अाज झण्डै साढे १ अर्ब रुपैयाको कारोवार भएको छ ।

अाज सबै समूहहरुको कारोवार उकालो लागेको छ । वाणिज्य बैंकहरुको २६.०७ अंकले बढेर ४२ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको २८.९८ अंकले बढेर ४६ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको ६३.७५ विन्दुले बढेर ५ करोड रुपैया भन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ८.०१ अंकले बढेर ३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । बीमा समूहको ३७.४४ अंकले बढेर करिब २१ करोड रुपैया भन्दा बढीको कारोवार भएको छ ।

त्यस्तै होटल समूहको १०.४५ अंकले बढेर ६१ लाख रुपैया भन्दा बढीको कारोवार भएको छ । उत्पादन समूहको ३०.६९ अंकले बढेर २ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूहको ३२.१ अंकले बढेर १६ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको १६ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको १३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *