अोरालो लागेको शेयरबजार फेरी उक्लियो

Post Date : June 6, 2016 | 4:53 pm

काठमाडाैं, २४ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज ३३.६६ अंकले उकालो लागेको छ । परिसूचकमा ३३.६६ अंकले बढेर १५१६.८० बिन्दुमा पुगेको छ । कुल ५३९५ कारोवारबाट १६ लाख २२ हजार ६२८ कित्ता शेयर किनबेच भई १ अर्ब १५ करोड १८ लाख ४४ हजार २४ रुपैयाको कारोवार भएको छ । हिजो करिब ३५ अंकले अोरालो लागेको शेयर बजार अाज भने ३३.६६ अंकले बढेर उकलो लागेको छ ।

होटल समूह बाहेक अरु सबै समूहहरुको कारोवारमा उकालो लागेको छ । हिजो सबैभन्दा बढी बीमा कम्पनीहरुको कारोबार २१९.४७ विन्दुमा झरेको थियो भने अाज १७५.३५ विन्दुले उकालो लागेकाे छ ।  सबैभन्दा बढी सानिमा बैंकको २४ करोड ३४ लाख ४२ हजार १९५ रुपैयाको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *