अोरालो लाग्ने क्रममा दुईपटक सर्किट ब्रेक लागिसकेको शेयरबजार पुन: सम्हालिँदै ४०.६८ अंकले उकालो लाग्यो

Post Date : November 28, 2016 | 5:48 pm

काठमाडौँ, १३ मङ्सिर । नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो । सुरुमा तीन प्रतिशत घट्दा १५ मिनेट र त्यसपछि फेरि चार प्रतिशत गिर्दा आधा घन्टा कारोबार रोकिएको हो । दोस्रोपटक खुलेको बजार पाँच प्रतिशतले घट्नै लाग्दा एकाएक यु टर्न हुन सुरु गरेको हो ।

नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२ दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो । आइतबार दुईपटक ब्रेक लागेको नेप्से परिसूचक आज पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो । सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो ।

कुल १२४ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा उत्पादन समूह बाहेक सबै समूह उकालो लागेको छ । १४०६ आसपास विन्दुसम्म आइपुगिसकेको शेयरबजार यु टर्न भएर ४०.६८ विन्दुले बढेर बजार बन्द भएको छ । कुल ६६७७ कारोवारबाट १३ लाख ८८ हजार ५६१ कित्ता शेयर किनबेच भई १ अर्ब, ९ करोड ५४ लाख ६१ हजार ३५७ रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ५०.७९ अंकले बढेर ५७ करोड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ७५.७४ अंकले बढेर १ करोड ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको २४.५७ अंकले बढेर ९ करोड ६३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ४५.७७ अंकले बढेर २ करोड ४० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको १३.४६ अंकले बढेर १ करोड ४१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १३४.९ अंकले बढेर ३४ करोड ९७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने । त्यस्तै अन्य समूह ८.६७ अंकले बढेर १ करोड ५७ लाख ७१ हजार ८० सय रुपैयाको कारोवार भएको छ ।

तर उत्पादन समूह भने १२.१४ अंकले घटेर जम्मा ८७ हजार ३२० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको १५ करोड ९१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको ६ कराेड ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *