आइएमई–ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति आवेदन खुल्ला

Post Date : October 20, 2016 | 5:22 pm

काठमाडौं, ४ कार्तिक । ग्लोबल आइएमई बैंकले हिसान तथा प्याबसनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि “आइएमई–ग्लोबल आइएमई अकांक्षा छात्रवृत्ति” को आवेदन खुल्ला गरेको छ । विपन्न, जेहेन्दार तथा मेहनती विद्यार्थीहरुका बीच आवेदन आह्वान गरेको छ । कक्षा १ देखि ११ सम्म अध्ययन गरिरहेका विद्यार्थीले उक्त छात्रवृत्तिका लागि आवेदन दिन सक्ने जारी विज्ञप्तीमा जनाइएको छ ।

एकसय जना विद्यार्थीलाई एक शैक्षिक सत्रका लागि छात्रवृत्ति दिइने उक्त कोषमा १० लाख रुपैया रहेको छ । इच्छुक विद्यार्थीहरुले यी संस्थाको वेबसाईट वा एजेन्ट मार्फत उपलब्ध फाराममा दिइएको विवरण भरी कम्तीमा दुई बर्षअघि देखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित आफू अध्ययनरत विद्यालयका प्रधानाध्यापकको सिफारिस सहित कार्तिक ३ गतेदेखि ३० गतेसम्म आवदेन दिनु पर्ने ग्लोबल आइएमई बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *