आइक्यानले बढाएको शुल्कविरुद्ध सर्वोच्चद्वारा रिट जारी

Post Date : August 18, 2016 | 4:54 pm

काठमाडौं, २ भदौ । चार्टर्ड एकाउण्टेण्ट संस्था (आइक्यान) ले २०७२ साउन १ गतेदेखि लागू हुने गरी बढाएको शुल्कविरुद्ध परेको आवेदन उपर सर्वोच्च अदालतले रिट जारी गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासबाट रिट जारी भएको हो । रिट जारी भएपछि अन्तिम फैसला नहुँदासम्म उनीहरूले बढाएको शुल्क लिन पाउँदैनन् । सर्वोच्च अदालतले यसअघि २०७२ मंसिरमा अन्तरिम आदेशमार्फत बढाएको शुल्क कार्यान्वयन नगर्न निर्देशन दिइसकेको छ ।

आइक्यानले ६ गुणा शुल्क बढाएको विरुद्ध नेपाल बहुउद्देश्यीय सहकारी संघ, जलविनायक ऋण तथा सहकारी संस्था, अधिवक्ता विनय रेग्मी र एभरेष्ट बैंकको तर्फबाट निवेदन परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *