आइसिएफसि फाइनान्सको नयाँ शाखा स्याङ्जाको गल्याङ्गमा

Post Date : April 10, 2017 | 8:09 am

काठमाडौँ, २८ चैत । आइसिएफसि फाइनान्स लिमिटेडले स्याङ्जाको गल्याङ्गमा बाह्रौँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन आइसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले गर्नु भएको छ ।

आइसिएफसि फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को फागुन मसान्तसम्म ६ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरी ११ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी ८० करोड १७ लाख ८४ हजार रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गको वित्तीय संस्थाले २०७४ असार मसान्तसम्म ८० करोड रुपैयाँ चुक्ता पूँजी पुरयाउनु पर्ने निर्देशन दिएकोमा आइसिएफसि फाइनान्सले पुरयाई सकेको छ ।

आइसिएफसि फाइनान्स चाँडै नै चितवन जिल्लाको ज्योतिनगर, जयमंगला र खुरखुरेमा शाखा स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *