आइसिएफसि फाइनान्सको १७ प्रतिशत बोनस शेयर दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत

Post Date : September 21, 2016 | 7:59 am

काठमाडौं, ५ असोज । आइसिएफसि फाइनान्स लिमिटेडको १७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । साथै राष्ट्र बैंकले ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने निर्णयलाई पनि स्वीकृति गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि फाइनान्स कम्पनीको आगामी साधारण सभाले उक्त बोनस शेयर दिने प्रस्ताव अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *