आइसिटी अवार्ड: दश कम्पनीको प्रतिस्पर्धा

Post Date : June 14, 2016 | 5:24 pm

काठमाडौ, ३२ जेठ । नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘आइसिटी स्टार्टअप अवार्ड– २०१६’ को अन्तिम चरणमा १० कम्पनी छनोटमा परेका छन् ।

पन्ध्र कम्पनीको प्रस्तुति र अन्तर्वार्तापछि निर्णायक मण्डलले उत्कृष्ट १० कम्पनीलाई छनोटमा परेको आइसिटीका प्रबन्ध निर्देशक राजन लम्सालले जानकारी दिनुभयो । सूचना प्रविधिमा युवालाई लाग्न प्रोत्साहन गर्ने उद्देश्यले आइसिटी अवार्ड दिन थालिएको हो । छनोट भएकामध्ये आगामी असार ८ गते हुने आइसिटीको वार्षिक उत्सवमा चार कम्पनीलाई छनोट गरिने छ ।

आइसिटी स्टार्टअप अवार्डमा उत्कृष्ट १० मा अटाउन सफल कम्पनीमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल टेक्नो ल्याब, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेका छन् ।

दशमध्ये अन्तिम चार कम्पनी छनोटको आधार अनलाइन तथा एसएमएस मतलाई बनाइएको छ । उत्कृष्ट १० मा पर्न सफल कम्पनीले आजदेखि अनलाइन र एसएमएस मत माग्न सक्नेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *