आइसीएफसी फाइनान्सका दुई नयाँ शाखा विस्तार

Post Date : April 20, 2017 | 8:31 am

चितवन, ७ वैशाख । आइसीएफसी फाइनान्स लिमिटेडले चितवन जिल्लाको जयमंगल र खुरखुरेमा शाखा संचालनमा ल्याएको छ । फाइनान्सको यो १३ औँ र १४ औँ शाखा हो । यी दुवै शाखाको उद्घाटन फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले गर्नु भएको छ । फाइनान्सको १४ वटा शाखा, १ वटा एक्सटेन्सन काउन्टर र १० वटा एटिएमबाट ग्राहकवर्गलाई बैंकिङ सेवा दिँदै आइरहेको छ ।

फाइनान्सले २०७३ चैत मसान्तसम्म १६ करोड रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ । यसै अवधिमा फाइनान्सले ६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फाइनान्सले चाँडै नै चितवनको ज्योतिनगरमा शाखा खोल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *