आइसीएफसी फाइनान्सको १६ औँ शाखा चितवनको ज्योतिनगरमा

Post Date : July 2, 2017 | 1:45 pm

चितवन, १८ असार । आइसीएफसी फाइनान्स लिमिटेडले चितवनको ज्योतिनगरमा १६ औँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन फाइनान्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले गर्नु भएको छ ।

फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को जेठ मसान्तसम्म ६ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरी १८ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी ८० करोड १७ लाख रुपैयाँ रहेको जनाइएको छ ।

फाइनान्सले चाँडै नै चितवनको नारायणगढमा समेत शाखा खोल्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *