आईएलएफसीओको थप पाँचवटा नयाँ शाखा

Post Date : May 17, 2016 | 3:08 pm

काठमाडौं, ४ जेठ । आईएलएफसीओ माइक्रो फाइनान्स वित्तीय संस्थाले काठमाडौंको शंकरापुर, काभ्रेको बालुवापाटी देउपुर, सिन्धुलीको भद्रकाली, नुवाकोटको थानसिंग र गुल्मी जिल्लाको सिमीचौर गरी थप पाँचवटा नयाँ शाखा खोलेको छ । यस ५ शाखा स्थापनासँगै आईएलएफसीओको शाखा संख्या १० पुगेको छ ।

यसै आ.व.भित्र दाङको लक्ष्मीपुर तथा नुवाकोटको खड्गभन्ज्याङमा थप दुईवटा शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *