आईसीएफसी फाइनान्सको साधारण सभा सम्पन्न

Post Date : October 18, 2016 | 1:02 pm

काठमाडौं, २ कार्तिक । आईसीएफसी फाइनान्स लिमिटेडको १३ औं वार्षिक साधारण सभाले शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको छ । बोनस शेयर वितरणपछि आईसीएफसी फाइनान्सको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको ८० करोड रुपैया पुग्नेछ ।

यस फाइनान्सले आ.व. २०७२/७३ को असार मसान्तसम्म ५ अर्ब ९७ करोड रुपैया निक्षेप संकलन, ४ अर्ब ६७ करोड रुपैया कर्जा प्रवाह गरी २४ करोड १० लाख रुपैया संचालन मुनाफा रहेको छ ।

फाइनान्सले ११ वटा शाखा, एउटा एक्सटेन्सन काउण्टर र ८ वटा एटिएमबाट सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *