आगामी आव ‘समृद्धिको प्रस्थान वर्ष’

Post Date : May 8, 2016 | 6:47 pm

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षलाई समृद्धितर्फको प्रस्थान वर्ष घोषणा गरिएको छ ।

सो नीति र कार्यक्रममा आगामी पाँच वर्षलाई समृद्धिको विकासको अवधि र दश वर्षभित्र समृद्धि तर्फको खुट्किला चढी नेपाललाई चाँडै विकासशील मुलुकमा रुपान्तरण गरिने घोषणा गरिएको छ ।

त्यसैगरी, नीति तथा कार्यक्रममा मुलुकभित्र स्वरोजगार सिर्जना गरी सन्तुलित आर्थिक विकास र आत्मनिर्भरतालाई पनि प्राथमिकतामा राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *