आजदेखि लोडसेडिङ घट्यो

Post Date : March 29, 2016 | 8:14 am

काठमाडौं, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले आजदेखि दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ । चैत १८ गतेदेखि शुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले लोडसेडिङको समय कटौती गरेको हो । सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सातामा ७७ घण्टा मात्र लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको बहाव नबढे पनि वैकल्पिक उपाय लगाएर एसएलसीको तयारीमा रहेका विद्यार्थीको सुविधाका लागि लोडसेडिङ घटाइएको हो ।

One thought on “आजदेखि लोडसेडिङ घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *