आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेरिँदै

Post Date : May 6, 2016 | 12:13 pm

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन हिन्दू धर्मावलम्बीले आमाको मुख हेर्ने दिनका रुपमा मनाउने गर्दछन् । आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औसी मनाईने चलन छ । विहानैदेखि छोराछोरीले नुवाईधुवाई गरी आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा नयाँ नयाँ लुगा उपहार दिएर आर्शिवाद लिने गरिन्छ ।

घरबाट बाहिर रहेका र विवाह गरि घरजम गरेका धेरै जसो छोराछोरी आमाको मुख हेर्न घर जाने गर्दछन् ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उहाँले गरेका महान् र कष्टपूर्ण कामको सम्झना गदै आमालाई सम्झिरहेका छन् ।

आजको दिन दिवंगत आमाको सम्झनामा स्थानीय ठाउँमा रहेका तिर्थस्थलमा गएर त्यहाँ रहेका देवीदेवताको मठ मन्दिरमा पूजा आजा गरि आमाको सम्झना गरिरहेका छन् । राजधानीमा आजकै दिन थानकोट मातातीर्थमा मेला लागेको छ । मातातीर्थमा भेला भई स्नान गरी भगवान विष्णु र शिवको पूजापाठ गर्ने गरिन्छ । थानकोटमा सवैकी आमाको प्रतिकका रुपमा ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । तर यस पटक थानकोटको मातातीर्थमा पानी सुकेकाले समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *