आरएपी–३, यूनिलिभर र प्रभु बैंकको साझेदारीमा महिलालाई आय आर्जनको अवसर

Post Date : September 20, 2016 | 2:27 pm

काठमाडौं, ४ असोज । महिला व्यवसायीका व्यवसाय प्रवद्र्धनका लागि आरएपी–३ कनेक्ट, यूनिलिभर नेपाल र प्रभु बैंकले संयुक्त लगानी आरम्भ गरेका छन् । आरएपी–३, कनेक्ट युके एडको आर्थिक अनुदान सहयोगमा संचालित गरिबी न्यूनीकरणको एक कार्यक्रम हो ।

मध्य र सुदूरपश्चिम विकास क्षेत्रका अछाम, बाजुरा, डोटी, दैलेख र जुम्ला जिल्लाबाट छनोट भएका १०० जना महिलालाई यूनिलिभर काठमाडौंमा कार्यक्रम आयोजना गरी ‘हाम्री दिदी’ भई काम गर्न आवश्यक तालिम र परामर्श प्रदान गरेको छ ।

ती तालिम प्राप्त महिलाहरुलाई व्यवसाय शुरु गर्नका लागि १५ हजार रुपैया ऋण उपलब्ध गराउनेछ ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले तालिम प्रप्त महिलालाई प्रमाण–पत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा डा. गभर्नर नेपालले – ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाले देशको दूर्गम क्षेत्रमा सरल र सुलभ सेवा पुरयाउनका लागि कार्यक्रम ल्याइरहेका छौं’, भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *