आरएमडीसीले २० प्रतिशत लभांश दिने

Post Date : January 12, 2017 | 2:25 pm

काठमाडौँ, २८ पुस । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी) को १८ औँ वार्षिक साधारण सभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

आरएमडीसीले गत आर्थिक वर्षमा २०७२/७३ मा २६ करोड ६७ लाख रुपैयाँ संचालन मुनाफा गरेको थियो । सोही अवधिमा १७ अर्ब २६ करोड रुपैयाँ ऋण लगानी र १२ अर्ब ५२ करोड रुपैयाँ ऋण असुल गरेको जनाएको छ । आरएमडीसीको चुक्ता पूँजी ६९ करोड २ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *