आरएसडिसी लघुवित्तले १५ प्रतिशत बोनस र १ बराबर २ को अनुपातमा हकप्रद शेयर दिने

Post Date : March 5, 2017 | 11:23 am

काठमाडौँ, २२ फागुन । आरसडिसी लघुवित्त वित्तीय संस्था, संचालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलब ७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय गरेको छ । आरएसडिसी लघुवित्तको हाल चुक्त पूँजी १० करोड रुपैयाँ छ । बोनस शेयर वितरणपछि हुन आउने चुक्ता पूँजीमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने समेत निर्णय गरेको छ ।

आरएसडिसी लघुवित्तको २०७३ चैत १२ गते हुन लागेको तेस्रो वार्षिक साधारण सभाले बोनस शेयर वितरण र हकप्रद शेयर वितरणसम्बन्धी प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *