आरएसडिसी लघुवित्तले ४ करोड रुपैयाको प्राथमिक शेयर निष्काशन

Post Date : August 14, 2016 | 3:51 pm

काठमाडौं, ३० साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. १००/– अंकित ४ लाख कित्ता बराबर ४ करोड रुपैयाको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । आवेदकले न्यूनतम ५० कित्ता र बढीमा ४ हजार कित्ता शेयरका लागि भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । यसमा सामूहिक लगानी कोषमा २० हजार कित्ता र कर्मचारीका लागि ८ हजार कित्ता शेयर छुट्याइएको आह्वानपत्रमा उल्लेख गरिएको छ ।

२०७३ असार मसान्तसम्म यस वित्तीय संस्थाको चुक्ता पूँजी ६ करोड रुपैया रहेको छ । उक्त साधारण शेयर निष्काशन पछि चुक्ता पूँजी १० करोड रुपैया पुग्नेछ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आ.व. २०७२/७३ को असार मसान्तसम्म १ करोड ५० लाख रुपैया खुद मुनाफा गरेको छ ।

शेयर निष्काशन तथा क्रिी प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *