आरएसडिसी लघुवित्त र एनआईबिएल क्यापिटलबीच सम्झौता

Post Date : June 16, 2017 | 12:15 pm

काठमाडौँ, २ असार । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईबिएल क्यापिटल मार्केट लिमिटेडबीच हकप्रद शेयर निष्काशनको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा आरएसडिसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दामोदर जोशी र एनआईबिएल क्यापिटल मार्केटका महा–प्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेको जनाइएको छ ।

आरएसडिसी लघुवित्तले १ शेयर बराबर २ शेयरको अनुपातमा रु.१००।– अंकित दरका २३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *