आरएसडिसी लघुवित्त संस्थाको शेयर बाँडफाँड

Post Date : October 18, 2016 | 12:15 pm

काठमाडौं, २ कार्तिक । आरएसडिसी लघुवित्त संस्थाले रु. १००/– अंकित दरका ४ लाख कित्ता बराबर ४ करोड रुपैयाको साधारण शेयर बाँडफाँड गरेको छ ।

चार करोड रुपैया बराबरको साधारण शेयरको लागि करिब ८ अर्ब २८ करोड ४५ लाख रुपैया अर्थात २ सय ७ गुणाभन्दा बढी आवेदन परेको थियो ।

अधिकतम ४ लाख रुपैयासम्मको आवेदकले १४ कित्ता शेयर पाएका छन् भने २ लाख ५५ हजार रुपैया सम्मका आवेदकलाई गोलाप्रथाबाट १० कित्ता शेयर वितरण गरिएको छ ।

निष्काशित ४ लाख कित्तामध्ये ८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *