आर्थिक वृद्धिदर ४.८ प्रतिशत हुने अनुमान

Post Date : September 17, 2016 | 8:47 am

काठमाडौँ, १ असोज । एसियाली विकास बैंक (एडिबी)ले नेपालको चालु आवको वृद्धिदर ४.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

बैंकले पत्रकार सम्मेलन गरी चालु आवमा कृषि क्षेत्रबाट ०.७, उद्योग एवम् उत्पादन क्षेत्रबाट १ र सेवा क्षेत्रबाट ३ प्रतिशतले आर्थिक वृद्धिमा योगदान हुने अनुमान गरिएको जानकारी दिएको छ । सरकारले चालु आवमा ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान बजेत वक्तव्य मार्फत गरेको थियो ।

बैंकका देशीय निर्देशक केनिची योकोहामाले मनसुनका कारण राम्रो कृषि उत्पादन, भारतमा नियन्त्रित मुद्रास्फीति तथा अन्तर्राष्ट्रिय बजारमा इन्धन र वस्तुको मूल्यमा कमी हुने बताउनुभयो ।

चालु आवमा समग्र मूल्यस्फीति ८.५ प्रतिशत रहने पनि उहाँले बताउनुभयो । बजेट कार्यान्वयनमा सबै पक्ष गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले पुँजीगत खर्च बढाउन उत्तिकै आवश्यक भएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *