आशा लघुवित्तको दुई नयाँ शाखा दाङमा

Post Date : November 21, 2016 | 2:10 pm

काठमाडौँ, ६ मङ्सिर । आशा लघुवित्त वित्तीय संस्थाले एकैदिन दुई नयाँ शाखा स्थापना गरेको छ । संस्थाले दाङको सिसहनिया र लक्ष्मीपुरमा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

सिसहनिया शाखाको उद्योग वाणिञ्य संघ सिसहनियाका अध्यक्ष पूर्णबहादुर बुढाथोकी र लक्ष्मीपुर शाखाको स्थानीय समाजसेवी मोहन घिमिरेले उद्घाटन गर्नु भएको छ ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त आशा लघुवित्त वित्तीय संस्था मदानपुर ७, जुरेथुममा केन्द्रीय कार्यालय रहेको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *