आशा लघुवित्तले एकैदिन १३ शाखा विस्तार

Post Date : June 2, 2017 | 12:45 pm

काठमाडौँ, १९ जेठ । आशा लघुवित्त वित्तीय संस्थाले एकैदिन १३ वटा शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।

आशा लघुवित्तले रौतहटको चन्द्रपुर, पर्साको परवानीपुर, बाराको कोल्हवी, सर्लाहीको हरिवन, मकवानपुरको बस्तीपुर र चितवनको खुरखुरेमा शाखा विस्तार गरेको छ ।

त्यस्तै, बाँकेको खजुरा, बर्दियाको मैनापोखर, राजापुर र गुलरिया, कैलालीको बौनिया, स्याङ्जाको बिर्घा, कास्कीको हेम्जामा शाखा विस्तार गरेको हो । यी शाखा स्थापनापछि आशा लघुवित्तको शाखा संख्या २८ पुगेको छ ।

आशा लघुवित्तले पाल्पा, धादिङ, झापा, मोरङ, सुनसरी, इलाम र रुपन्देही जिल्लामा शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *