इटालीलाई ६–५ ले हराउँदै जर्मनी युरो २०१६ को सेमिफाइनलमा प्रवेश

Post Date : July 3, 2016 | 3:44 am

फ्रान्स, १९ असार । युरो २०१६ अन्तर्गत जर्मनी र इटीलीबीच भएको तेस्रो क्वाटरफाइनलमा निर्धारित समय र थप गरिएको समयमा १–१ गोलको बरबरी भई खेल पेनाल्टी सुटआउटमा परिणत भएको थियो । पेनाल्टी सुटआउटमा जर्मनीले ५ का विरुद्ध ६ गोल गरी इटालीलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरयो ।

पहिलो हाफमा झण्डै ५३ प्रतिशतभन्दा बढी बल जर्मनीको पक्षमा रहे पनि कुनै गोल गर्न सकेन । खेलको ४१औं मिनेटमा जर्मनीका गोमेजले गोल गर्ने सुनौलो अवसरको सदुपयोग गर्न सकेन ।

त्यस्तै खेलको ४३औं मिनेटमा इटालीका गिएसेरिनीले दिएको पासलाई स्टुरारोले हानेको सुट बल जर्मनीको खेलाडीको खुट्टामा लागि पोष्टको नजिकैबाट कर्नर हुन पुग्यो । इटालीले यो अवसरलाई गोलमा परिणत गर्न सकेन ।

italy1

दोस्रो हाफमा इटालीका तीनजना खेलीडीहरूले पहेंलो कार्ड पाए । खेलको ५६औं मिनेटमा इटालीका स्टुरारो, ५७औं मिनेटमा डि–सिग्लीयो र ५९औं मिनेटमा परोलोले पहेंलो कार्ड पाएका थिए ।

germany1

दोस्रो हाफको ६५औं मिनेटमा जर्मनीका हेक्टरले दिएको पासलाई ओजीलले गोल गर्न सफल भएको थियो । दुवै टिमले गोल गर्न नसकिरहेको अवस्थामा जर्मनीले १ गोली गरी अग्रता लिन सफल भयो ।

italy2

खेलको ७८औं मिनेटमा इटालीका खेलाडीले जर्मनीको डी एरियामा दिएको पास जर्मनीका बोटेंगको हातले बल छेकेकोले इटालीले पेनाल्टी पाएको थियो । सो पेनाल्टी इटालीका बोनुचीले गोलमा परिणत गर्न सफल बने । यससँगै इटालीले जर्मनीको १–० को अग्रतालाई १–१ को बराबरीमा ल्याउन सफल बने ।

निर्धारित ९० मिनेट र थप गरिएको ३ मिनेको अतिरिक्त समयमा दुवै देशले थप गोल गर्न सकेन र खेल १–१ को बराबरी हुन गई खेल अतिरिक्त ३० मिनेट धकेलियो ।

थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै देशले कुनै पनि थप गोल गर्न नसकी खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पहिलो पेनाल्टी सुट आउटमा इटालीका इन्सिग्नेले गोल गरे भने जर्मनीका क्रुसले पनि गोल गर्न सफल भए ।

दोस्रो पेनाल्टी सुटआउटमा इटाली जाजाले पोष्ट बाहिर हाने भने जर्मनीका मुलरको बल इटालीका गोलकिपरले रोक्न सफल भए ।

तेस्रो पेनाल्टी सुटआउटमा इटालीका खेलाडी गोल गरे भने जर्मनीका ओजीलले हानेको पेनाल्टी पोलमा लागी गोल हुन सकेन ।

चौथो पेनाल्टी इटालीका खेलाडीले पोष्ट बाहिर हाने भने जर्मनीका खेलाडी गोल गर्न सफल बने ।

पाँचौं निर्णायक पेनाल्टी सुटआउटमा इटालीका खेलाडीले हानेको बल जर्मनीका गोलकिपरले रोक्न सफल बने भने जर्मनीका स्वानस्टाइगरले हानेको बल पनि पोष्ट बाहिर हानेकोले खेल २–२ गोलको बराबरी हुन पुग्यो ।

अतिरिक्त पेनाल्टीमा इटालीका खेलाडीले गोल गरे भने जर्मनीको खेलाडीले ले गोल गर्न सफल बने ।

अतिरिक्त दोस्रो पेनाल्टीमा इटालीका खेलाडीले गोल गरे पनि जर्मनीका खेलाडीले पनि गोल गर्न सफल भए ।

अतिरिक्त तेस्रो पेनाल्टीमा इटालीका खेलाडीले खेलाडीले हानेको पोलमा लागेर पनि गोल हुन सफल भए भने जर्मनीका खेलाडीले हानेको पेनाल्टी पनि गोल भयो ।

germany3

अतिरिक्त चौथो पेनाल्टीमा इटालीका खेलाडीले होनेको बल जर्मनीका गोलकिपरले रोक्न सफल बने भने जर्मनीका खेलाडीले हानेको पेनाल्टी गोल भयो ।

यसरी जर्मनीले पेनाल्टी सुटआउटमा ६–५ ले इटालीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *