इन्नोभेटिभ डेभलपमेन्ट बैंकको २१.७५ प्रतिशत बोनस शेयर पारित

Post Date : April 17, 2017 | 6:30 pm

रुपन्देही, ४ वैशाख । सिद्धार्थनगर, रुपन्देहीमा प्रधान कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकको हालै सम्पन्न सातौँ वार्षिक साधारण सभाले २०७३ असार मसान्तको चुक्ता पूँजी २९ करोड ५ लाख रुपैयाँको २१ दशमलब ७५ प्रतिशतले हुने ६ करोड ३१ लाख ८३ हजार ७ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र १ दशमलब १४ प्रतिशतले हुने ३३ लाख २५ हजार ४ सय ६० रुपैयाँ ४३ पैसा नगद लाभांश (कर प्रयोजनको लागि) पारित गरेको छ ।

इन्नोभेटिभ डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०७३/७४ भित्र नै सेन्चुरी कमर्सियल बैंकमा गाभिनको लागि सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *