उकालो लाग्न थालिसकेको बजारमा फेरि पूर्णविराम लाग्यो

Post Date : December 1, 2016 | 4:12 pm

काठमाडौँ, १६ मङ्सिर । विगत दुई दिनदेखि अस्वाभाविक रुपले बढेको सेयर बजार अाज भने घटेको छ । कुल १३८ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा ७.८४ अंकले घटेर १६००.४९ विन्दुमा पुगेको छ । विकास बैंक, उत्पादन र अन्य समूहको सेयर उकालो लाग्यो भने यस बाहेक अरु सबै समूह अोरालो लागेको छ । कुल ८००४ कारोवारबाट १६ लाख ५० हजार ७२७ कित्ता शेयर किनबेच भई १ अर्ब, २० करोड ८७ लाख ३९ हजार १२३ रुपैयाको कारोवार भएको छ । अाज बजार अोरालो लाग्नुमा राजनीतिक अस्थिरता मुख्य कारण हो भनी विश्लेषक बताउँछन्, त्यस्तै विगत दुई दिनदेखि अस्वाभाविक रुपमा बढेकोले पनि अाज अोरालो लागेको विश्लेषण छ ।

विकास बैंक समूहको ९.२९ अंकले बढेर १४ करोड ९८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ३.४९ अंकले बढेर २ लाख ४९ हजार ३७० रुपैयाको कारोवार भएको छ । त्यस्तै अन्य समूह २.०३ अंकले बढेर १ करोड ५३ लाख १३ हजार ६०० सय रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १०.७१ अंकले घटेर ५७ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३७.६१ अंकले घटेर १३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।  जलविद्युत समूहको ४२.६४ अंकले घटेर २ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको ५.०३ अंकले घटेर २ करोड ६५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बिमा समूहको ३८.६९ अंकले घटेर ३८ करोड ९७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड ९५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ९ कराेड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *