उकालो लाग्न थालिसकेको शेयरबजार ४.३७ अंकले फेरी अोरालो लाग्यो

Post Date : November 15, 2016 | 4:04 pm

काठमाडाैं, ३० कात्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४.३७ अंकले घटेर १७०१.९१ बिन्दुमा पुगेको छ । कुल ४४९० कारोवारबाट ९ लाख ४६ हजार ४११ कित्ता शेयर किनबेच भई ८० करोड ९८ लाख ६१ हजार १८ रुपैयाको कारोवार भएको छ ।

कुल १३९ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा विकास बैंक, उत्पादन र अन्य समूह उकालो लागेको छ भने बाँकी समूह अोरालो लागेको छ ।

विकास बैंक समूहको १.९१ अंकले बढेर ७ करोड ६५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ३.९९ अंकले बढेर ३९ लाख ३० हजार ९१० रुपैयाको कारोवार भएको छ । त्यस्तै अन्य समूह ८.९६ अंकले बढेर १ करोड ४५ लाख ८० हजार ८०० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ६.८९ अंकले घटेर ५० करोड १९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३३.२ अंकले घटेर २९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको ३०.५४ अंकले घटेर १ करोड ८८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको १.१२ अंकले घटेर १ करोड ५४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बिमा समूहको २३.०६ अंकले घटेर १६ करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको १७ करोड ३४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा बैंक अफ कठमाण्डू लुम्बिनी लिमिटेडको ४ कराेड ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *